• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • खोलामा बेपत्ता भएका शिक्षककोे हेलिकोप्टरबाट जीवितै उद्धार

    खोलामा बेपत्ता भएका शिक्षककोे हेलिकोप्टरबाट जीवितै उद्धार

    सिन्धुपाल्चोक, असोज २ गते । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ को खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ ।

    दोलखाको कालिन्चोक(३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

    डीएसपी बुढाथोकीका अनुसार शिक्षक शिवाकोटी हेलम्बु(१ मा रहेको ठाडो खोलाको खोँचमा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको भएको हो । शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीबेरमा उनलाई काठमाडौ‌ लगिने तयारी भइरहेको छ ।

    शनिबार नुहाएर फर्कने क्रममा अचानक शिवाकोटी चिप्लिएर खोलामा डुब्दा बेपत्ता भएका थिए । उनी सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ सर्कथली आधारभूत विद्यालयका शिक्षक हुन् । न्युज कारखाना

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन २, आईतवार ०६:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP