राम शंकर भण्डारी –
बलान बिहुल,२० भदौ। सप्तरीको बलान बिहुल बलान गाउँपालिकामा हिलडुल गर्नमा असमर्थ अपाङ्गलाई ह्विलचेयर प्रदान गरिएको छ ।
उक्त ह्विलचेयर समाजिक विकास इकाई सप्तरीले गाउँपालिकालाई पूणर् अपाङ्ग भएका व्यक्तिका लागि उपल्बध गराएको थियो ।
बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले अनुसार हामी गाउँपालिकालाई पूणर् अपाङ्ग मैत्री बनाउने अठोट लिएकोछु बताउनुभयो । सोहि अन्तर्गत अध्यक्ष यादवले पाँच जना हिल्डुल गर्न असमर्थ अपाङ्गलाई ह्विलचेयर वितरण गर्नु भयो । विस्तारै कार्यालयले पहिचान गरेका सम्पूणर् लाभग्रहीहरुलाई सेवासुविधा उपल्बध गराउन गाउँपालिका पछि नहटने बताए ।
प्रतिक्रिया