• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • म्याग्दी नदीले बगाएर एक जना बेपत्ता

    म्याग्दी नदीले बगाएर एक जना बेपत्ता

    बेनी,१२ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा नदीले बगाएर एक जना वेपत्ता भएका छन्।

    उदयपुरको त्रियुगा नगरपालिका १० का २२ वर्षीय मिलन राइलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।

    नदी किनारमा राइले लगाएको कपडा मात्र भेटिएको छ। राई तीन वर्षदेखि तातोपानीमा ट्याक्टर चलाउने काम गर्दै आएका  वडा सदस्य प्रेम श्रीसले जानकारी दिए। म्याग्दी र कालीगण्डकी नदी किनारमा खोजी गरिए पनि अहिलेसम्रम नभेटिएका उनले बताए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र १२, आईतवार ०४:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP