• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • झापाको एक फर्निचर उद्योगमा आगलागी, १५ लाखको क्षति

    झापाको एक फर्निचर उद्योगमा आगलागी, १५ लाखको क्षति

    झापा : झापाको गौरादहमा पायल फर्निचर उद्योगमा आगलागी भएको छ ।  फर्निचर उद्योगमा आगलागी हुँदा करिब १५ लाख मुल्य बराबरको क्षति भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

    प्रहरीका अनुसार आइतबार बिहान साढे ३ बजे गौरादह नगरपालिका-१ बस्ने मुनिलाल शर्मा गौरादह बजारमा सञ्चालन गर्दै आएको पायल फर्निचरमा विद्युत् सर्ट भई आगलागी भएको थियो । आगलागीबाट फर्निचर परिसरभित्रै बाँस र टिनको छानो भएको टहरा पूर्ण रुपमा जलेर नष्ट भएको छ । टहराभित्र रहेका मेसिन, काठ र फर्निचर जलेको डीएसपी पाठकले बताए ।

    उद्योगमा लागेको गौरादह, दमक र कमल गाउँपालिकाको तीन वटा दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ४ बजेर ५० मिनेटमा पूर्ण रुपमा नियन्त्रणमा लिएको बताइएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र १२, आईतवार ०४:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP