बलान बिहुल । सप्तरीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीयबीच झडप, तीन राउण्ड फायर
सप्तरीको बलान बिहुल गाउँपालिकामा प्रहरी र स्थानीयबीच झडप भएको छ । त्यस क्रममा प्रहरीले तीन राउण्ड हवाई फायर गरेका छन् । गाउँपालिकाको वडा नम्बर ४ बेल्हीमा मंगलबार दिउँसो झडप भएको हो ।
तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन गएका प्रहरीबिरुद्ध तस्करको समूहले आक्रमण गरेपछि प्रहरीले हवाई फायर गर्नुपरेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार तस्करहरुले गरेको ढुँगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएका छन् । घट्नास्थलमा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया