• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • धनुषामा इलाका प्रहरीको भ्यानबाट थुनुवा फरा

    धनुषामा इलाका प्रहरीको भ्यानबाट थुनुवा फरा

    धनुषामा प्रहरी भ्यानबाट हाम फालेर एक जना थुनुवा फरार भएको छ । इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेको जबरजस्ती करणी मुद्दाका राजबाबु मुखिया प्रहरी भ्यानबाट हाम फालेर फरार भएको हो ।

    जनकपुरधाम स्थित जिल्ला अदालत धनुषामा म्याद थप गराई सबैलातर्फ फर्कने क्रममा सहीदनगर नगरपालिका–३, यदुकुहाबाट आइतबार साँझ ७ बजे फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताउनुभयो । उहाँले फरार थुनुवा सबैला नगरपालिका–१३, किरतपुरको रहेको जानकारी दिनुभयो ।

    फरार थुनुवाको खोजी कार्य तीव्र रूपमा भइरहेको बताउँदै प्रवक्ता गौतमले बताउनुभयो । धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै फेरि एक जना थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ फाल्गुन १५, सोमबार १०:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP