• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • भिजिट भिसामा विदेश जान लागेका ३९ महिला फर्काइए

    भिजिट भिसामा विदेश जान लागेका ३९ महिला फर्काइए

    काठमाडौं,०८ भदौ । भिजिट भिसामा विदेश जान लागेका ३९ महिलालाई विमानस्थल प्रहरीले फर्काएको छ। विमानस्थल सुरक्षा कार्यालयका डिआइजी श्यामलाल ज्ञवालीका अनुसार सरकारले तोकेको मापदण्ड पुरा नगरी विदेश जान लागेका महिलालाई फिर्ता गरिएको हो।

    ज्ञवाली भन्छन्, ‘उनीहरुको भिसा सक्कली नै थियो। तर भिसाको लागि पेश गरेको कागजात नक्कली थियो। धेरैजसो खाडी मुलुक र मध्यपूर्वी देशमा जान लागेका महिलाहरु विमानस्थलबाट फर्काइएका हुन्।’

    सुरक्षा चेकजाचका क्रममा उनीहरूले नक्कली कागजाच पेश गरेर भिसा खुलेको लिएको प्रहरीले जनाएको छ। उनीहरु मंगलबार रातीको फ्लाइटबाट विभिन्न मुलुक जाँदै थिए। विमानस्थलबाट फर्काइएका उनीहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र ८, बुधबार ०८:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP