• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • यो माफियाको सरकार हो, शंकर पोखरेल

    यो माफियाको सरकार हो, शंकर पोखरेल

    १६ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यो सरकार माफियाको भएको बताएका छन् ।

    भ्रष्टाचार र महंगीविरुद्ध एमालेले सोमबार राजधानीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भ्रष्टाचार र महंगीविरुद्ध जनता सडकमा आउनुपर्ने बताए । एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम राखेको महंगी अहिले बढेर ८ प्रतिशतमाथि लागेको भन्दै उनले भने, ‘यो सरकारका कारण महंगी बढेको छ, जनताको जीवनस्तर कष्टकर बनेको छ ।’

    एमाले नेतृत्वको सरकार ढालेर जनताको विकास र सम्मृद्धिको चाहना समाप्त पार्न खोजिएको उनले बताए । यो सरकार रहिरहे नेपाल श्रीलंका बन्ने खतरा रहेको भन्दै उनले भने, ‘अदालत सौदाबाजीको केन्द्र बनेको छ, न्याय बिक्री हुन थालेको छ । संसद राष्ट्रविरुद्ध षड्यन्त्र गर्ने स्थल हुन थालेको छ ।’

    उनले अघि भने, ‘यो जनताको हितको प्रतिनिधित्व गर्न सक्ने सरकार होइन । माफियाको सरकार हो ।’

    अर्थमन्त्री जनार्दन शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा चोखिए पनि जनताको नजरमा नचोखिने उनले बताए । एमाले महासचिव पोखरेलले भने, ‘जनताले घातक व्यक्तिका रुपमा चिनिएका छन् । जनतामाथि घात गर्नेहरुलाई चुनावको मैदानमा पराजित गर्नुपर्छ ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन न्युज डेस्क    
  • २०७९ श्रावण १६, सोमबार ११:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP