• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • आर्थिक सशक्तीकरण र युवा महिला

    आर्थिक सशक्तीकरण र युवा महिला

    भदौ १,२०७९ । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आज, २०७९ भदौ १ गते बुधबार आर्थिक शसक्तीकरण र युवा महिला प्रशिक्षक प्रशिक्षण कार्यक्रम भक्तपुर जिल्लाको बोडेमा आयोजना गरेको छ । उक्त कार्यक्रमको १८ वर्षदेखि ३० वर्ष उमेर समुहका युवा महिलाहरूलाई प्रशिक्षक प्रशिक्षण दिने उद्देश्य रहेको छ । प्रशिक्षक प्रशिक्षण दिइएका युवा महिलाहरूलाई गाउँ, टोल तथा जनस्तरसम्म पठाएर आर्थिक शसक्तीकरण अभियानलाई दिगो र भरपर्दो बनाउनुपर्नेमा संघीय माननीय सांसद एवम् अनेमसङ्घ सातौं राष्ट्रिय सम्मेलन आयोजक केन्द्रीय कमिटीका सचिव सुजिता शाक्यले बताउनु भयो ।

    कार्यक्रममा महिला आन्दोलनको इतिहास केलाउने क्रममा क्रममा माननीय शाक्यले काठमाडौँ उपत्यकाका नेवार समुदायका नख: चख: र पेकुलिचको ऐतिहासिक तथा सामाजिक महत्त्वको चर्चा गर्दै लुम्बिनीको नामसमेत महिलाकै नामबाट नामकरण गरिएको ऐतिहासिक तथ्य प्रस्तुत गर्नुभयो र परापुर्वकालमा वैवाहिक सम्बन्धका माध्यमबाट नेपालका दुई छिमेकी मुलुकहरू भारत र चीनसँगको सांस्कृतिक सम्बन्ध प्रगाढ बन्न पुगेको अभिव्यक्ति दिनु भयो । जनक नन्दिनी सीताको अयोध्याका राजकुमार रामसँग विवाह सम्पन्न भएपछि नेपालको दक्षिणी छिमेकीसँगको कौटुम्विक सम्बन्ध बलियो भएको हो । त्यसैगरी भृकुटीको विवाह तिब्बतका राजा स्रङचङ गम्पोसित सम्पन्न भएपश्चात् नेपालको उत्तरी छिमेकी सँगको सम्बन्ध प्रगाढ भएको ऐतिहासिक तथ्य वहाँले प्रस्तुत गर्नु भयो ।

    वैवाहिक सम्बन्धपश्चात् नेपालका दुवै छिमेकी मुलुकहरूसँग निर्यात व्यापारमा वृद्धि भई यहाँको आर्थिक पक्ष सबल बन्न पुगेको वास्तविकतामाथि माननीय शाक्यले प्रकाश पार्नु भयो । शाक्यले प्रागैतिहासिक समयमा महिलाहरू निर्णायक भूमिकामा रहेका र कालान्तरमा तिनका शक्ति र निर्णयका अधिकार क्रमश: खोसिँदै गएर कमजोर बन्न पुगेका ऐतिहासिक प्रसङ्गबारे आफ्नो अभिमत प्रकट गर्नु भयो । आर्थिक पाटोमा महिलाहरूको पहुँच कम भएकाले तिनीहरू कमजोर र निरीह बन्न पुगेका वास्तविकताबारे वहाँले आफ्नो  विचार व्यक्त गर्नु भयो ।

    त्यसैगरी आजको  प्रशिक्षक प्रशिक्षणमा  “संगठन निर्माण परिचालन र संचार” बारे वाईपी आचार्यले तालिम  गराउनु भएको हो  भन्ने “जलवायु  परिवर्तन र युवा महिला ” बारे जेनी जोन्सले , “युवा महिला र आर्थिक सशक्तीकरण, उधमशिलता,उधोग संचालन  ” बारे  शोभा न्यौपाने साथै “”युवा महिला र आर्थिक सशक्तीकरण: गरिबी निवारण र सहकारी ” बारे नव अधिकारीले   प्रशिक्षण गराउनु भयो |

    कार्यक्रममाअनेमसंघका बिदेश विभाग प्रमुख पेम्बा लामा ,उषा किरण भण्डारी, युनिक लोहनी, ऋतु भट्टराई र योगमाया सापकोटाले सहजीकरण गर्नुभएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन न्युज डेस्क    
  • २०७९ भाद्र १, बुधबार १८:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP