• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • रवि लामिछाने नेतृत्वको पार्टीद्वारा प्रदेश चुनाव नलड्ने निर्णय

    रवि लामिछाने नेतृत्वको पार्टीद्वारा प्रदेश चुनाव नलड्ने निर्णय

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मंसिरमा हुने दुई तहको निर्वाचनमध्ये प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचनमा भाग नलिने निर्णय गरेको लामिछानेले बुधबार जानकारी दिए ।

    लामिछानेले भनेका छन्, ‘यस पटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ ।’

    यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनले बताएका छन् । ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं,’ उनले भनेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र १, बुधबार ०५:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP