• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन, गाँठो फुकाउन आन्तरिक छलफल गरिने

    गठबन्धन कार्यदलको बैठक निष्कर्षविहीन, गाँठो फुकाउन आन्तरिक छलफल गरिने

    सत्ता गठबन्धनको कार्यदलको बैठक विना निष्कर्ष सकिएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । सञ्चारमन्त्री तथा कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले भने, ‘छलफल जारी नै छ । अहिलेसम्म सहमति भएको छैन । अब अर्को बैठक बुधबार ४ बजे बस्छ ।’ कार्यदलको बैठकमा अहिलेसम्म ठोस रुपमा छलफल अगाडि नबढेको काँग्रेस महामन्त्री गगन थापाले बताए ।

    उनले भने, ‘अहिलेसम्म ठोस रुपमा छलफल भएको छैन । बुधबार ठोस रुपमा छलफल हुन्छ होला ।’ मंगलबार आन्तरिक र अन्तरपार्टी छलफल गर्ने कार्यदलका सदस्यको तयारी छ । उनले भने, ‘पाँच दल एकै ठाउँमा बस्दा गाँठो फुकेन । भोलि हामी आ– आफू र अरु दलसँग बस्छौँ ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण ३०, सोमबार १३:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP