• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • सरकारले कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

    सरकारले कर्मचारीको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

    साउन १ गतेदेखि लागू हुनेगरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको हो।

    यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु आइतबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री  ज्ञानेन्द्र बहादुर कार्कीले सोबारे जानकारी गराएका हुन्।

    ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल,स्वास्थ्य सेवा,संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि यही साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय भएको छ,’उनले भने।

    त्यस्तै, बैठकले भदौ ७ देखि ९ मा संयुक्त राष्ट्रसंघको आयोजनामा थाईल्याण्डमा हुने एक सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृति दिने निर्णय गरेको छ ।

    भारतीय सेनाका स्थल सेनाध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रण पठाउने निर्णय गरेको छ । यस्तै बैठकले उर्जा, कानुन र कृषि मन्त्रालयका लागि अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गर्ने गरेको प्रवक्ता कार्कीले बताए।

    विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकासका लागि प्राप्त हुने करिब १२ अर्ब ७० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने गरेको छ भने जापान सरकारबाट पूर्वी तराईको सिंचाइ प्रणाली पुनःस्थापना आयोजनाका लागि प्राप्त हुने करिब २ अर्ब १३ करोड ६४ लाख अनुदान सहायता पनि सरकारले स्वीकार गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

    त्यस्तै, बैठकले सप्तकोशी बाढीबाट बढि क्षति भएका भौगोलिक क्षेत्रलाई बिपद्संकट ग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको उनले बताए। त्यस्तै, बैठकले राष्ट्रिय खेलकुद प्रतियोगीता सम्बन्धी निर्देशीका २०८९ स्वीकृत गरेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २९, आईतवार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP