• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • उम्मेदवार सिफारिस गर्न काँग्रेसले परिपत्र गर्ने

    उम्मेदवार सिफारिस गर्न काँग्रेसले परिपत्र गर्ने

    नेपाली काँग्रेसले प्रदेश र प्रतिनिधि सभाको चुनावका लागि उम्मेदवार सिफारिस गर्न आफ्ना मातहतका कमिटीलाई परिपत्र गर्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । काँग्रेसको विधानअनुसार पार्टीले कमिटीले कम्तीमा तीनको जनाको नाम सिफारिस गर्नुपर्नेछ जसमा एक जना महिला अनिवार्य हुनुपर्छ ।

    आजको बैठकले चुनावमा वितरण गर्ने प्रत्यक्ष र समानुपातिककाे टिकटमा हस्ताक्षर गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय पनि गरेको छ । सह महामन्त्री बद्री पाण्डेका अनुसार आजको बैठकले मङ्सिर ४ गते हुने निर्वाचनका लागि दल दर्ताको संयोजन गर्ने जिम्मेवारी पार्टी मुख्यसचिव कृष्ण पौडेललाई दिएको छ । त्यस्तै पार्टीले यसअघि पार्टीको केन्द्रीय समिति बैठकले तय गरेको भदौ २ गते २५ गते देखि चुनावी अभियानको मितिलाई परिमार्जन गर्दै भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको पाण्डेले जानकारी दिए ।

    त्यस्तै, नेता अर्जुन नरसिंह केसीले आजको बैठकमा सिट बाँडफाँटको विषयमा एजेन्डा प्रवेश नै नगरेको बताए । उनले आज नयाँ कुरामा छलफल प्रवेश नगरेको र पार्टीले आफ्ना जनप्रतिनिधिहरूका लागि सञ्चालन गर्ने अभिमुखीकरण कार्यक्रमको बारेमा पनि चर्चा भएको जिकिर गरे ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण २८, शनिबार ०५:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP