• २०८१ कार्तिक २६ | Mon, 11 Nov 2024
  • एसपीपी रद्धबारे अमेरिकालाई पठाएको पत्रसहित पुन: उपस्थित हुन परराष्ट्र मन्त्रीलाई संसदीय समितिको निर्देशन

    एसपीपी रद्धबारे अमेरिकालाई पठाएको पत्रसहित पुन: उपस्थित हुन परराष्ट्र मन्त्रीलाई संसदीय समितिको निर्देशन

    काठमाडौं,१९ साउन । संसदीय समितिले सरकारले रद्ध गरेको भनिएको अमेरिकी साझेदारी कार्यक्रम (एसपीपी) पत्र र अमेरिकी सरकारलाई पठाएको पत्रको प्रतिलिपीसहित उपस्थित हुन सरकारलाई निर्देशन दिएको छ ।

    बिहीबार संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिले परराष्ट्र मन्त्री नारायण खड्का, कार्यवाहक प्रधानसेनापति, रक्षा सचिवलाई उपस्थित हुन निर्देशन दिएको हो ।

    समिति सभापति निरादेवी जैरुले सरोकारवालालाई तत्काल उपस्थित हुन निर्देशन दिएक हुन्।  उनले भनिन्, ‘एसपीपी रद्द गरेको पत्र र अमेरिकी सरकारलाई पठाएको दस्तावेज समितिले अध्ययन गर्न खोजेको छ । परराष्ट्र मन्त्री, प्रधानसेनापति, रक्षा सचिवलाई दस्तावेजसहित उपस्थित हुन निर्देशन दिन्छु । ‘

    यसअघि पनि समितिले परराष्ट्रमन्त्रीसहित सरोकारवालालाई पत्रसहित उपस्थित हुन निर्देशन दिएको थियो। तर, परराष्ट्रमन्त्रीले व्यस्तताका कारण उपस्थित हुन नसकेको समितिलाई जानकारी गराएका थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण १९, बिहीबार ०९:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP