• २०८१ चैत्र ३ | Sun, 16 Mar 2025
  • नागरिकता विधेयक खारेज गर्न राष्ट्रपतिसँग पाँच पार्टीले बुझाए ज्ञापनपत्र

    नागरिकता विधेयक खारेज गर्न राष्ट्रपतिसँग पाँच पार्टीले बुझाए ज्ञापनपत्र

    नागरिकता विधेयक खारेजीको माग गर्दै पाँच वटा वामपन्थी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) का सीपी गजुरेल,नेकपा (बहुमत)का कञ्चन, नेकपा (मसाल)का सन्तबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टीका लोकनारायण सुवेदी र संयुक्त क्रान्तिकारी मोर्चाका नारायण शर्माले संयुक्त रुपमा राष्ट्रपति भण्डारीलाई विधेयक खारेजीको माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएका हुन् ।

    ‘हाल राष्ट्रपतिज्यू समक्ष प्रमाणीकरणका लागि भनि जुन विधेयक प्रस्तुत भइरहेको छ, त्यसले दक्षिण एसियाका अरु देशहरूको नागरिकता प्राप्तिका प्रवन्ध र प्रावधानसँग पनि कुनै तादम्यता राख्दैन’, ज्ञापनपत्रमा भनिएको छ, ‘त्यसैले नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधीनतासँग अभिन्नरूपमा गाँसिएको यो विधेयकलाई संसद्का दुवै सदनबाट फाष्ट ट्रयाकबाट पारित गरी सरकारद्वारा महामहिम राष्ट्रपतिज्यूको प्रमाणीकरणका लागि पठाइएको छ । यो विधेयक संसद्ले मात्र पारित गरेर पुग्दैन । यसका निमित्त सर्वपक्षीय सहमति आवश्यक छ ।’

    उनीहरुले यसबारे व्यापक मात्रामा छलफल र बहस गरी सर्वपक्षीय सहमति कायम गरेर मात्र अन्तिम रूप दिन संसद्मा नै फिर्ता पठाउन माग गरेका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण १७, मंगलवार १२:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP