• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

    ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन्।

    प्रधानमन्त्रीमा विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका हुन्।  भेटमा समसामयिक राजनीतिक घटनाक्रम, सत्ता गठबन्धनको अबका रणनीति, नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि अब कांग्रेससँगको सहकार्यलगायतका विषयमा कुराकानी भएको बुझिएको छ।

    प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच मन्त्रिमण्डल विस्तारका विषयमा पनि छलफल भएको छ। यसअघि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछिमात्र मन्त्रिमण्डल विस्तार गर्ने बताएका थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ पुष २७, बुधबार १३:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP