काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरीसडाँडामा जारी छ। बैठकमा सत्ता समीकरण, संसदीय दलको नेता, उपनेता चयन र भावी रणनीतिबारे छलफल भइरहेको छ। संसदीय दलको बैठक बस्नुअघि पदाधिकारी बैठक बसेको हो।
माओवादी केन्द्र संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनिने निश्चित छ। उपनेतामा भने वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्माको दाबी छ। संसदीय दलको बैठक सिंहदरवार माओवादी संसदीय दलको कार्यालयमा डाकिएको छ।
प्रतिक्रिया