• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • घरको कम्पाउण्डभित्र बम पड्काइयो, आजीवन पीएसओ चाहियो सरकार, सांसद गुरुङ

    घरको कम्पाउण्डभित्र बम पड्काइयो, आजीवन पीएसओ चाहियो सरकार, सांसद गुरुङ

    काठमाडौं : सांसद रेनुका गुरुङले आफ्नो घरको कम्पाउण्डभित्र बम पड्किएको भन्दै सुरक्षाको माग गरेकी छन्। मंगलबार संसद् बैठकमा बोल्दै सांसद गुरुङले सोमबार राती ८ बजेतिर बम पड्किदा घरका सबैजना आतंकित भएको बताइन्।

    उनले झ्यालबाट बाहिर हेर्दा दुईजना लोग्ने मानिस मोटरसाइकलमा गएको र अँध्यारो हुँदा आफूले नचिनेको उनको भनाइ छ।

    सांसद गुरुङले संघीय सांसद र कार्यपालिकाको सदस्य भएकाले आफू र आफ्नो परिवारको सुरक्षाको सुरक्षार्थ पूर्वराज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि सभामुखमार्फत गृहमन्त्री र नेपाल सरकारसँग माग गरिन्।

    ‘सोमबार राती ८ : २५ मा घरको गेटभित्र बम पड्किएको छ। घरका सबै आतंकित भए। झ्याल खोलेर हेरेँ। दुईजना लोग्ने मानिस मोटरसाइकलमा गएको देखेँ। तर, अँध्यारो भएकाले चिनिन्। महानगरीय प्रहरीको फोन खोजेँ । गृहमन्त्रीलाई फोन गरेँ। फोन उठेन। प्रहरी आएपछि म पनि आँगनमा ओर्लिए। कम्पाउन्डभित्र रकेट बमको खोल भेटियो। जुन प्रहरीले लिएर गए,’उनले भनिन्,’ त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाल दिज्जुलाई फोन गरेँ। शान्त्वना दिनुभयो। अन्त: संघीय सांसद र कार्यपालिकाको सदस्य भएकाले म र मेरो घर परिवारको सुरक्षाको सुरक्षार्थ पूर्वराज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि सभामुखमार्फत् गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछु।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण १७, मंगलवार ०९:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP