• २०८१ माघ १० | Thu, 23 Jan 2025
  • सागर ढकालको पक्षमा मत माग्दै अभिनेत्री अधिकारीले भनिन् – दाइ र बा प्रवृत्ति​ त्यागौँ

    सागर ढकालको पक्षमा मत माग्दै अभिनेत्री अधिकारीले भनिन् – दाइ र बा प्रवृत्ति​ त्यागौँ

    निर्वाचन मिति नजिकिएसँगै कलाकर्मीहरू पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्दै मत माग्न व्यस्त छन् । यसै क्रममा अभिनेत्री निशा अधिकारीले पनि स्वतन्त्र उम्मेदवार सागर ढकालको पक्षमा मत मागेकी छिन् ।

    अभिनेत्री अधिकारीले सामाजिक सञ्जालमार्फत ‘दाइ’ र ‘बा’ प्रवृत्ति त्यागेर देशको बारेमा सोच्न पनि मतदातालाई आग्रह गरेकी छिन् । परिवर्तको पक्षमा मतदान गरौँ भन्दै उनले सागरको तस्बिरसहित सामाजिक सञ्जालमा मत मागेकी हुन् ।

    सागर ढकाल डडेलधुराबाट चुनावी प्रतिस्पर्धामा छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पराजित गर्ने भन्दै उनी डडेलधुरामा चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक २३, बुधबार ०४:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP