• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • सर्लाहीमा स्वतन्त्र र सत्ताधारी बीच रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

    सर्लाहीमा स्वतन्त्र र सत्ताधारी बीच रोचक प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

    सर्लाही । यसपालिको निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नंबर १ (१) मा विभिन्न उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी मैदानमा धेरै उम्मेदवार भएपनि चर्चामा भने केहि मुख्य उम्मेदवार मात्र छन् ।

    सर्लाही १ (१) मा प्रदेश सभाका लागि सत्ता गठबन्धनबाट लोसपाका उपेन्द्र महतो र स्वतन्त्र युवा उम्मेदवार चन्द्रभुषण साह (सीबी साहं) चुनावी मैदानमा आमनेसामने छन् ।

    सत्ता गठबन्धनका उम्मेदवार ‘टेस्टेड’ उम्मेदवार हुन् । उनी यही क्षेत्रबाट चुनाव जितेका थिए । तर, चुनाव जितेर जन्मभूमि र जनतालाई उनले बिर्सेको आरोप क्षेत्रका अधिकांश जनताको छ । यसपालि भएको चुनाव केन्द्रित गठबन्धनलाई पार्टी भित्रका अधिकांश नेता कार्यकर्ताले अन्तरमनबाट स्वीकार गर्न नसकेको अवस्था तथा उनीप्रतिको असन्तुष्टि मतदातामा व्याप्त रहेको कारणले गर्दा समेत मतदाताले यसपालि ‘जाती, पावर-पैसा र पार्टी’भन्दा माथि उठेर ‘बदलाव र विकास’को पक्षमा मतदान गर्ने मुड बनाएकाले समेत उनलाई खासै राम्रो मत पर्ने सम्भावना देखिँदैन ।

    अहिले देशभर सक्षम स्वतन्त्र युवा उम्मेदवारप्रति रहेको लोभलाग्दो क्रेज र मतदाताले पनि परम्परागत राजनीतिबाट मुक्ति खोजेकाले युवा नेता चन्द्रभुषण साहले प्रदेश सभा सदस्य पदमा ‘एकछपा’ मत पाउने देखिएको छ । क्षेत्रको राजनीतिक शक्ति सन्तुलन र सामाजिक धरातललाई समेत ध्यान दिने हो भनेपनि बौद्धिक र विकासप्रेमी युवा नेताको छवि बनाउन सफल चर्चित स्वतन्त्र उम्मेदवार सीबी साहले यसपालिको चुनावमा बाजी मार्न सक्छन् ।यसपालि सत्ता गठबन्धनबाटै नेकपा (माके) का रामचन्द्र सिंह कुशवाहा पनि चुनावी मैदानमा रहेकोले गठबन्धनको मत विभाजन हुने लगभग प्रायः निश्चित छ । जसपा एमाले गठबन्धनबाट अधिकांश नेताले अस्वीकार गरेको चुनावी टिकटकैं लागी मनोनयन दर्ताको समयमा जसपा प्रवेश गरेर उम्मेदवार बनेका अहमद मिया मुकेरीको भने खासै चर्चा छैन ।

    यस क्षेत्रमा अहिलेसम्म देखिएको रुझानको हिसाबले हेर्ने हो भने मतदाताले स्वतन्त्र ढंगले मतदान गरे स्वतन्त्र युवा उम्मेदवार सीबी साहले बाजी मार्न सक्ने सम्भावना अधिक देखिन्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन न्युज डेस्क    
  • २०७९ कार्तिक २०, आईतवार ०५:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP