• २०८१ माघ २ | Wed, 15 Jan 2025
  • मन्त्री राष्ट्रपतिले नियुक्त गर्ने, राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

    मन्त्री राष्ट्रपतिले नियुक्त गर्ने, राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

    जसपा चुनावी प्रतिवद्धता

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले राजनीतिज्ञ र विशेषज्ञहरू मध्येबाट राष्ट्रपतिले मन्त्रीहरू नियुक्त गर्ने चुनावी प्रतिवद्धता गरेको छ। जसपाले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै शक्तिपृथकीकरणको सिद्धान्तअनुरूप राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था अघि सारेको हो।

    जसपाले प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरूमा त्यहाँको कार्यकारी प्रमुख पनि बालिग मताधिकारका आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने चुनावी प्रतिवद्धता गरेको छ ।

    संविधानमा रहेका त्रुटि र अपूर्णताहरूलाई संविधान संशोधनमार्फत् पूरा गर्दै सर्वस्वीकार्य बनाउँदै राष्ट्रको उत्थान गर्ने चुनावी प्रतिवद्धतापत्रमा उल्लेख छ। घोषणापत्रमा नेपाललाई स्वतन्त्र, सार्वभौम, समावेशी, लोकतान्त्रिक, विभेदरहित, धर्मनिरपेक्ष, संघीय समाजवादी गणतन्त्रात्मक बहुराष्ट्रिय राज्यका रूपमा स्थापित गर्ने भनिएको छ।

    कार्य क्षमताको अभाव र खराब आचरण भएको वस्तुनिष्ठ आधार र कारणहरू भएमा सबै तहका सरकारको पदाधिकारीहरूमाथि प्रत्याह्वान गर्न वा महाअभियोग लगाउन सकिने व्यवस्था गर्ने उल्लेख छ। नागरिकहरूलाई गास, बास र कपासको व्यवस्था गर्न एक परिवार एक रोजगारको नीति अबलम्बन गर्ने चुनावी प्रतिवद्धतापत्रमा भनिएको छ।

    आसन्न प्रतिनिधिसभा र प्रदेशभालाई लक्षित गर्दै जारी घोषणापत्रमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने उल्लेख छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक १९, शनिबार ०९:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP