• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • विप्लवको राजनीतिक प्रस्ताव पारित

    विप्लवको राजनीतिक प्रस्ताव पारित

    असोज २५ गतेदेखि कपिलवस्तुमा जारी नेकपा (विप्लव समूह) को नवौँ महाधिवेशन पार्टी महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’द्वारा प्रस्तुत राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

    महासचिव विप्लवले राजनीतिक प्रतिवेदन, विधान, नीति तथा कार्यक्रम र जातीय मुक्तिसम्बन्धी प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए । प्रतिनिधिहरूले राखेको चासो, जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै विप्लवले पुँजीवादी विश्व असफल भएकोले समाजवादी क्रान्ति हुने कुरामा विश्वस्त रहन कार्यकर्तालाई अपिल गरे ।

    प्रस्ताव पास गरिसकेपछि हलमा उपस्थित प्रतिनिधि पर्यवेक्षकहरूले नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, लगायतका नारा लगाउँदै एकमतले राजनीतिक प्रतिवेदन, नीति तथा कार्यक्रम, विधान र जातीय मुक्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । महाधिवेशनले दलाल संसदीय व्यवस्था नेपालमा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै नेपालमा वैज्ञानिक समाजवाद अनिवार्य भएको र त्यो एकीकृत जनक्रान्तिको कार्यदिशाबाट मात्र पूरा गर्ने निष्कर्षसमेत निकालेको छ ।

    महाधिवेशनले नेपालमा मुख्य गरी भूमण्डलीकृत पुँजीवाद एवम् दलाल संसदीय पुँजीवाद र उत्पीडित जनताबीचको अन्तर विरोध प्रधान भएर आएको समेत भनिएको छ । महाधिवेशनमा आज मंगलबर प्यानल प्रस्तावसहित अन्य विषयहरूमा निर्णय पछि नवौँ महाधिवेशन सकिने जनपत्रकार संगठन नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक १, मंगलवार ०४:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP