• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • एमाले र जसपाबीच चुनावी तालमेल गर्ने सहमति, जसपाले संघमा १७ र प्रदेशमा ४२ सिट पाउने

    एमाले र जसपाबीच चुनावी तालमेल गर्ने सहमति, जसपाले संघमा १७ र प्रदेशमा ४२ सिट पाउने

    काठमाडौं,२२ असोज । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार भएको हस्ताक्षरमा प्रदेश १ मा दुई सिट, मधेस प्रदेशको १४ सिट र लुम्बिनी प्रदेशमा एक सिटमा तालमेल गर्ने सहमति भएको हो। बाँकी ठाउँमा मित्रवत प्रतिस्पर्धा हुने भएको छ।

    जसपाले मोरङ क्षेत्र ५, सुनसरी क्षेत्र १, मधेस प्रदेशअन्तर्गत सप्तरीको १, २ र ४, सिरहाको २ र ४, धनुषाको १, महोत्तरीको ३ र ४, सर्लाहीको १ र ४, रौतहटको २, बाराको २, पर्साको १ र २ र रुपन्देहीको ४ मा चुनावी तालमेल गर्ने भएको हो।त्यस्तै प्रदेशसभातर्फ प्रदेश १ मा ४ सिट, मधेस प्रदेशमा ३२ सिट, लुम्बिनीमा ५ सिट र सूदुरपश्चिम प्रदेशमा १ सिटमा तालमेल गर्ने सहमति भएको हो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन २२, शनिबार ०८:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP