नेकपा माओवादी केन्द्रको धनकुटाका पार्टीका विभिन्न तहमा रहेका नेताहरुले सामूहिक राजीनामा दिएका छन् । जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिटब्युरो सदस्य हेमराज भण्डारी, केन्द्रीय सदस्य धनमाया विक पूर्व जिल्ला संयोजक डिल्लीराम राई लगायत नेताहरुले सामूहिक राजीनामा दिएका हुन् ।
पूर्व जिल्ला संयोजक डिल्लीराम राईले एक विज्ञप्ति जारी गर्दै हेमराज भण्डारीलाई प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार उठाएर सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ । धनकुटाको विकास र समृद्धिको योजना सहित योगदान गर्ने भण्डारी भएको भन्दै स्वतन्त्र उम्मेदवार उठाउने तयारी गरेका हुन् ।
प्रतिक्रिया