नेपाल प्रेस युनियन केन्द्रीय समितिले देशभरबाट नेपाली कांग्रेस पार्टीले सिफारिस गरेका युनियनका पूर्व अध्यक्ष र नेताहरुसँग आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका सन्दर्भमा मिति २०७९ भदौ ३० गते काठमाडौंमा अन्तरक्रिया गरेको छ । सिफारिसमा परेका नेताहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका रुपमा सिफारिस गराउने र निर्वाचित गराउने सवालमा छलफल भएको छ ।
पत्रकारिताको पृष्ठभूमिबाट आएका नेताहरुलाई सदनमा प्रवेश गराउन सके प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, सुशासन, लोकतन्त्रको सम्बर्द्धन तथा प्रवद्र्धन, मिडिया सम्बन्धी कानून तथा निती निर्माणमा सहजीकरण साथै श्रमजीवी पत्रकारहरुको हक हितका विषयमा उपलब्धी हासिल गर्न सकिनेमा नेताहरुले धारणा राखेका थिए ।
युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको सभापतित्वमा भएको अन्तरक्रिया महासचिव दिलीप पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा युनियनका पूर्वअध्यक्षहरू कुलचन्द्र वाग्ले, किरण पोखरेल, कबिर राणा, निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, वर्तमान उपाध्यक्ष भीष्म ओझा, जीवन भण्डारी, निवर्तमान कोषाध्यक्ष सरोज अधिकारी, नेता झपेन्द्रप्रसाद गैरे, परमेश्वर साह, हिमा चेम्जोङ लगायत ३० बढी पत्रकारको उपस्थिति थियो ।
प्रतिक्रिया