• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • जबराले नाम मुछेका व्यक्तिहरुको समेत बयान लिने समितिको तयारी

    जबराले नाम मुछेका व्यक्तिहरुको समेत बयान लिने समितिको तयारी

    काठमाडौं,२८ भदौ । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम मुछेका व्यक्तिहरुलाई समेत बयानका लागि बोलाउने तयारी गरेको छ। बयानका क्रममा जबराले पूर्वन्यायाधीश,कानुन व्यवसायी, राजनीतिकर्मी,व्यवसायीलगायत व्यक्तिहरुको नाम लिएका थिए।

    न्यायालयलाई अस्थिर बनाउन ती व्यक्तिहरुको स‌ंलग्नता रहेको भन्दै जबराले उनीहरुलाई समेत सोध्न समिति सदस्यहरुसँग आग्रह  गरेका थिए। सोही आग्रह बमोजिम समितिले  विभिन्न प्रकरणमा जबराले मुछेका व्यक्तिहरुलाई बयानका लागि बोलाउने  तयारी गरेको हो

    नेपाली कांग्रेस सांसद तथा समिति सदस्य मीनबहादुर विश्विकर्माले जबराले नाम लिएका केही व्यक्तिलाई बयानका लागि बोलाउने तयारी भइरहेको बताए। जबराको बयान आज सकिने भएपछि समिति महाभियोगबारे आन्तरिक छलफलमा जुटेको छ। छलफल नसकिएकाले दिउँसो १ बजे लिने भनिएको जबराको बयान अझैं सुरु भएको छैन।

    जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले भदौ १५ बाट बयान लिन सुरु गरेको हो। समितिले जबरालाई सोध्न अब ८ वटा प्रश्न मात्रै बाँकी छन्। बयानका लागि ४३ वटा प्रश्न  तयार पारिएका छन्। समितिले आइतबार मात्रै जबरासँग २४ वटा प्रश्न सोधेको थियो। न्यायालयमा विचलन ल्याएको, भ्रष्टाचार र बिचौलियाले प्रवेश पाएको  र कार्यपालिकामा  भागबन्डा खोजेको लगायतका आरोप जबरामाथि लगाइएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २८, मंगलवार ०९:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP