नवलपरासी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नवलपरासी कांग्रेसले ६१ उम्मेदवारी सिफारिस गरेका छन । जिल्लामा दुई निर्वाचन क्षेत्र छन्।
नेपाली कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा संविधान सभा सदस्य एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति महासचिव विक्रम खनाल, अर्का संविधा सभा सदस्य देवकरण जयसवाल, उद्योगपति बिनोद चौधरी, कुलदीप आचार्य र उषा बास्तोला छन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको छ। जसअनुसार संविधानसभा सदस्य एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल, संविधान सभा सदस्य देवकरण जयसवाल, उद्योगपति बिनोद चौधरी, कुलदीप आचार्य र उषा बास्तोलालाई सिफारिस गरिएको छ।
सो निर्वाचन क्षेत्रको प्रदेश सभा (क) प्रत्यक्षमा विश्वप्रेम पाठकको एकल नाम सिफारिस गरिएको छ। प्रदेश सभा (ख) बाट मुकुल कुमार आचार्यको नाम एकल सिफारिस गरिएको छ।
त्यसैगरी नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस गरिएको छ । जसअनुसार प्रतिनिधिसभा सदस्य एंव केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, भीमबहादुर थापा, नरेन्द्र गुप्ता र दुर्गा कोइरालाको नाम सिफारिस गरिएको छ।
सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (क) को प्रत्यक्षतर्फ यामलाल पाण्डे, यामप्रसाद भुसाल, सोमबहादुर रायमाझी र मोहन प्रसाद शर्माको नाम सिफारिस गरिएको छ।
प्रदेश सभा (ख) प्रत्यक्षतर्फ प्रदेश सभा सदस्य बैजनाथ कलवार, विक्रम यादव, वीरेन्द्र अग्रहरी, नगेन्द्र अग्रहरी र सीता ज्ञवालीको नाम सिफारिस गरिएको छ ।
आकांक्षीहरुको नाम बढी भएपनि विवाद हुने भएपछि जिल्ला समितिले क्षेत्रबाट आएका सबै नाामलाई प्रदेशमा सिफारिस गरेको हो।
प्रतिक्रिया