• २०८१ कार्तिक २२ | Thu, 07 Nov 2024
  • मधेसका कुनै क्षेत्रमा हामी कमजोर छैनौं, तर समस्या हामीभित्रै छ : ओली

    मधेसका कुनै क्षेत्रमा हामी कमजोर छैनौं, तर समस्या हामीभित्रै छ : ओली

    काठमाडौं,०७ भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसमा जित्ने सम्भावना हुँदाहुँदै आफ्नै कारणले पार्टी कमजोर भएको बताएका छन्। ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले मधेसको हरेक क्षेत्रमा जित्ने सम्भावना रहेको बताए।

    ‘एकजुट भयौं भने तराई-मधेसका एउटा क्षेत्र पनि नजित्ने खालका छैनन्। तर त्यहाँ हामीभित्रै समस्या छन्। त्यो समस्यामा नयाँ साथीहरु नफस्नुस्,’ पार्टी प्रवेश गरेकाहरुलाई उनले सुझाए।

    उनले अघिल्लो चुनावमा मधेसमा एमालेविरोधी अभियान सञ्चालन गरिएको आरोप लगाए। ‘अघिल्लो चुनावमा पहाडमा जनजाति, थारु, मधेसी, मुस्लिम, दलितका विरोधी भनेर हल्ला चलाएका थिए। त्यसलाई यसपटक चिर्नुपर्छ। जिम्मेवारी भनेको पगरी लगाएर बस्ने जित होइन। बहन गर्ने चिज हो। जुन जुन तहको जिम्मेवरी लिनुभएको छ।

    त्यो जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले निर्देशन दिए। उनले आत्मकेन्द्रीत राजनीति गर्नेहरु थुप्रै भएकाले त्यस्ताको पछि नलाग्न आग्रह गरे। उनले सक्रिय भएर सबैलाई समेट्ने र सबै ठाउँमा पुग्ने गरी काम गर्न निर्देशन दिए।

    उनले मधेसको बोलीचाली रफ भएकोमा आपत्तिसमेत जनाए। ‘तराई मधेसतिर के देख्छु भने बोलीचाली रफ गर्ने, अलिक भद्दा खालको बोल्ने, हप्काउने धप्काउने काम गर्ने गर्छ। एमालेको शैली त्यस्तो हुँदैन। एमालेले नम्र व्यवहार गर्छ। पार्टीको नीतिलाई सबै कार्यकर्ताले मान्नुपर्छ मसहित। आ-आफ्नो खुसीले चल्नु हुँदैन, चल्न दिनु हुँदैन,’ उनले भने।

    उनले आउने निर्वाचनमा उम्मेदवार हुन नपाएर असन्तुष्ट नहुन नेता कार्यकर्तालाई आग्रह गरे। आफ्नो सरकार बनेपछि धेरै ठाउँ निस्किने उनको भनाइ थियो। ‘हामीले सरकार बनायौं भने थुप्रै ठाउँ निस्किन्छन्। एकजुट भएर जित्न सक्छौं। जति एकजुट हुन्छौं। त्यति बलियो छौं। जति विभाजित हुन्छौं त्यति विभाजित हुन्छौं,’ उनले भने।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र ७, मंगलवार १२:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP