• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • निर्वाचन सम्बन्धी कानुन संविधानसम्मत बनाउन संसद‍्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    निर्वाचन सम्बन्धी कानुन संविधानसम्मत बनाउन संसद‍्मा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

    काठमाडौंः आगामी निर्वाचनमा समानुपातिक समावेशी उम्मेदवार छनौट गर्नुपर्ने माग राख्दै प्रतिनिधिसभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।

    सोमबार १२जना महिला सांसदले प्रतिनिधिसभाको कार्यव्यवस्था शाखामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्। निर्वाचनसम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिन  माग गरिएको छ।

    प्रतिनिधि सभा सदस्य अमृता थापा मगर प्रस्तावक र प्रतिनिधि सदस्यहरू लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई प्रस्ताव दर्ता गराएका हुन्।

    संघीय संसदको प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो हुने निर्वाचन प्रणालीअन्तरगत उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख  छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन न्युज डेस्क    
  • २०७९ श्रावण १६, सोमबार १२:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP