• २०८१ मंसिर १८ | Tue, 03 Dec 2024
  • सर्लाही सर्पदंश उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर सञ्चालन भएन

    सर्लाही सर्पदंश उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर सञ्चालन भएन

    सर्लाही, साउन ३० गते । सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आईसीयू र भेन्टिलेटर लामो समयदेखि थन्किँदा सर्पदंशका गम्भीर खाले बिरामीको उपचार गर्न समस्या भएको छ।

    प्रदेश सरकारले उपलब्ध गराएको आईसीयू र भेन्टिलेटर दुई वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।

    दुई वर्षअघि सर्पले टोकेर उपचारका लागि ल्याइएको हरिवनकी एक बालिकाको उपचारकै क्रममा मृत्यु भएपछि उनका आफन्तले आईसीयू र भेन्टिलेटरमा तोडफोड गरी क्षति पु¥याएका थिए । त्यसपछि केही समय आईसीयू र भेन्टिलेटर थन्काएर राखियो। पछि मर्मत गरेर प्रयोगमा ल्याए पनि अक्सिजन लिक हुने समस्या आएपछि पुनः थन्काएर राखिएको सर्पदंश उपचार केन्द्रले जनाएको छ।

    केन्द्रको सञ्चालक समितिका अध्यक्ष उद्धव पौडेलले आईसीयू र भेन्टिलेटर खरिद गरेको कम्पनीले प्राविधिक पठाउन ढिला गर्दा समस्या भएको बताएका छन् । आफूले मर्मतका लागि प्राविधिक पठाइदिन बारम्बार फोन गरिरहेको उनले बताए ।

    “भेन्टिलेटर र आईसीयू किनेको कम्पनीका प्रतिनिधिसँग प्राविधिक पठाइदिनुस् भनेर कयौँ पटक फोन गरिसक्यौँ, भोलि–भोलि भनेर टारेको टा(यै छन्”, उनले भने, “प्राविधिक कुरा हामीले गरेर मात्रै नहुने रहेछ, प्राविधिक नआइदिँदा समस्या भएको छ।”

    “दुई जना डाक्टरले धरानमा तालिम लिएर आइसक्नुभएको छ तर उपकरण नै ठीक छैनन्”, उनलेभ ने । सर्पदंश उपचार केन्द्र आफैंले भेन्टिलेटर र आईसीयू सञ्चालनका लागि दुई जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण ३०, सोमबार ०४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP