जनकपुरधाम, साउन २५ गते । भ्रष्टाचार मुद्दा लागेका मधेश प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयका एक कर्मचारी जिम्मेवारीमै रहेको पाइएको छ।
साइकल खरिदमा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेका आठौं तहका अधिकृत सुरेन्द्रलाल कर्ण अझैसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारीमा रहेका हुन् । उनीविरुद्ध अख्तियारले एकसाताअघि मुद्दा दायर गरेको हो।
मधेश सरकारको मुख्यमन्त्री कार्यालयको वेबसाइटमा अधिकृत कर्ण अझैसम्म गुनासो सुन्ने अधिकारी छन्। कार्यालयले वेबसाइट अपडेट गरेको छैन। भ्रष्टाचारको अभियोग लागेर विशेष अदालतमा मुद्दा दायर भइसकेपछि सार्वजनिक पद धारण गरेका व्यक्ति स्वतः निलम्बन हुने प्रावधान छ।
‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत भएको १७ हजार बेनामे साइकल खरिद प्रकरणमा मुख्यमन्त्री कार्यालयका तत्कालीन प्रदेश सचिव यमप्रसाद भुसाल, उपसचिव दिलीपकुमार, अधिकृत आठौँ तहका सुरेन्द्रकुमार कर्ण, चिफ डिभिजनल इन्जिनियर भगवान् झा, सहलेखापाल राजाराम मण्डल, भण्डार शाखा प्रमुख स्वार्थ महतो, भण्डार शाखाका खरिदार मोहनकुमार दास, ओम सत्य साई प्रालिका प्रबन्ध निर्देशक रेनु अग्रवाल, प्रधानविरुद्ध मुद्दा दायर गरेको हो । नेपालखबर
प्रतिक्रिया