• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धानको छापा

    बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धानको छापा

    धनुषा, भदौ २० गते । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ । बर्दिबासवाट खटिआएको अख्तियारको टोलीले विभिन्न उजुरीका कागजात नियन्त्रणमा लिएको बर्दिबास कार्यालयका प्रमुख गोपाल अधिकारीले जानकारी दिए ।

    बृहत्तरबाट भएको विभिन्न निर्माण सम्बन्धीको काममा व्यापक अनियमितता भएको भन्दै परेको उजुरीका आधारमा अख्तियारले छापा मारी सो सम्बन्धी कागजात नियन्त्रणमा लिएर गएको प्रमुख अधिकारीले बताए ।

    यसभन्दा पूर्व बृहत्तरद्वारा जानकी मन्दिरमा भएको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै छापा हानेर अख्तियारले सम्बन्धित कागजात लिएको थियो । त्यो मुद्दा भने अख्तियारले मुल्तवीमा राखेको छ । बृहत्तरले मधेश प्रदेशका धनुषा र महोत्तरी कार्यक्षेत्र रहेका जिल्लाका विभिन्न पालिकाबाट दर्जनाँै उजुरी अख्तियारमा छन् ।

    बृहत्तरले काम नै नगरी मिलेमतोमा उपभोक्ता समिति तथा ठेकेदारलाई भुक्तानी दिएको, प्राविधिकले मूल्याङ्कनभन्दा बढी रकम निकासा गरेको, गाडी खरिदमा समेत व्यापक अनियमितता भएको उजुरी परेको छ । रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २०, सोमबार ०९:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP