• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • बारामा उद्योग लुट्न आएका डाँका र प्रहरीबीच गोली हानाहान , एक प्रहरीसहित दुईजना घाइते

    बारामा उद्योग लुट्न आएका डाँका र प्रहरीबीच गोली हानाहान , एक प्रहरीसहित दुईजना घाइते

    वीरगन्ज,१९ भदौ। उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच भिडन्त हुँदा एक प्रहरीसहित दुईजना घाइते भएका छन् । बाराको जीतपुरसिमरा वडा नम्बर २३ भलुहीमा रहेको एरोटेक प्रालिमा शनिबार मध्यरातमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच झडपमा गोली हानाहान समेत भएको हो ।

    भिडन्तमा डाँका समूहले गरेको रड प्रहारबाट इलाका प्रहरी कार्यालय जीतपुरका बरिष्ठ प्रहरी नायब निरीक्षक कमलबहादुर शाही घाइते भएका हुन्। उनको टाउकोमा गम्भीर चोट लागेकाले वीरगन्जस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलको आइसीयुमा उपचार भइरहेको छ ।

    उद्योगमम लुटपाट भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थलमा पुग्दा प्रहरी माथि नै रड प्रहार भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।प्रहरीमाथि डाँका समूहले रड प्रहार गर्नुका साथै एक राउण्ड गोली चलाएपछि प्रहरीले ३ राउण्ड गोली चलाएको बोगटीले जानकारी दिए ।

    डकैतीमा संलग्न दुईजनालाई पक्राउ गरी उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल , एक थान भरुवा बन्दुक र तीन राउण्ड गोली बरामद गरिएको बोगटीले बताए । पक्राउ परेका दुईजना डाँकामध्ये एकजना घाइते रहेको र उनको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको बोगटीले जानकारी दिए । बोगटीका अनुसार , शनिबार राति ११ बजे तिर १२/१५ जनाको संख्यामा डाँकाहरु लुटपाट गर्न उद्योगमा पसेका थिए ।

    त्यो खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय जितपुरबाट बरिष्ठ प्रहरी नायव निरीक्षक शाहीको नेतृत्वमा प्रहरीको टोली उद्योगमा पुगेको थियो । प्रहरी टोली उद्योग पुगेपछि प्रहरी र डाँका समूहबीच भिडन्त भएको हो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र १९, आईतवार ०५:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP