• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • डोटी भूकम्पमा परेका दुई जना बेपत्ता

    डोटी भूकम्पमा परेका दुई जना बेपत्ता

    डोटी स्थित खप्तडबाबा नेशनल पार्क केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर दुई जना बेपत्ता भएका छन् । पुर्वी चौकी गाउँपालिका–३ स्थित गैरीगाउँका २ जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको सैनिक प्रवक्ता (सहायक रथी) नारायण सिलवालले रातोपाटीलाई बताए ।

    बेपत्ताहरुको खोजीमा नेपाली सेनाको भैरव गणको प्लटुङ्ग अपरेटि वेशबाट उद्धार टिम परिचालन गरिएको छ । ५ जना गम्भीर घाइतेको डोटी अस्पतालमा उपचार हुँदै छ । ३ जना सामान्य घाइते भएका छन् ।

    गए राति ६ दशमलव ६ म्याग्नेच्यूडको भुकम्प जाँदा सो गाउँका ८ घर भत्किएका छन् । घटनास्थलमा टेण्ट र खाद्य सामग्री लगिएको छ । थप राहत र उद्धारका लागि सुर्खेत र धनगढीमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता सिलवालले जानकारी दिए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक २३, बुधबार ०४:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP