रामशंकर भण्डारी – सप्तरीको बलान विहुल गाउँपालिका वडा नम्बर-२ स्थित रहेका बलान खाेलामा बान्ध नै नबनाई भ्याट सहित रू. ४९ लाख ४९ हजार ९ सय ९९ रूपैयाँ भुक्तानी दिएको हो ।
वडा नम्बर- २ स्थित दिघिया दक्षिणबारी टाेलमा रहेकाे बलान नदिमा बाँध निर्माण र स्पर कार्य गरेकाे लागि मधेश प्रदेश सरकारको सशर्त योजना अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा रू. ५० लाख विनियोजन गरेको थियो ।
बलान विहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राईनको मिलोमतोमा गाउँपालिकामा कार्यरत लेखापाल कमलेश कुमार साहले आफ्नो श्रीमती पुनिता कुमारी साहको नाममा रहेका O.E.C. निर्माण कम्पनीका नाममा भुक्तानी लिएको छ ।
साे रकमबाट ठेक्का प्रकियामा वडा नं- २ स्थित दिघिया दक्षिणबारी टाेलमा रहेकाे बलान नदिमा बाँध निर्माण र स्पर कार्य गरेकाे देखाईए तापनि कामै नगरी भुक्तानी दिएको स्थानीयहरूको दाबी रहेको छ ।
बलान बिहुल वडा नम्बर – २ का वडा अध्यक्ष ईन्द्रदेव यादवले भने २०७९/२/३० गतेमा भएको रू. ५० लाख भुक्तानी प्रकरणमा म आफ्नो कार्यालयबाट कुनै सिफारिस दिएको छैन उनलेे थपे अरु यस बिषयमा सम्पूर्ण जानकारी गाउँपालिकालाई नै थाहा हाेला बताए।
बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवलाई बलान नदीमा काम भएको छ कि छैन प्रश्नगर्दा पुरानो कार्यको भुक्तानी हो यो कुरा अनुगमन समितिलाई थाहा होला भनेर पन्छिए ।
बलान बिहुल गाउँपालिका लेखापाल कमलेश कुमार साहले मेरो श्रीमतीको नाममा फर्म दर्ता रहेको र ठेक्का प्रक्रियाबाट भुक्तानी भएको स्वीकार गर्नु भयो । नेपाली कांग्रेस ४(ख) का क्षेत्रीय सभापति जितेन्द्र यादवकाले भने अरूले गरेको कार्य देखाई भुक्तानी लिने दिने दुबैलाई माथि छानबिन हुनुपर्ने बताए ।
तत्कालीन गाउँपालिका अध्यक्ष दयानन्द गोईतले भने स्थानीय स्तरमा रु.५० लाखको प्रकरणको व्यापक चर्चा रहेको छ । यदि नियतसव कामै नगरी भुक्तानी दिएको छ । भने सम्बन्धित निकायले छानबिन गरि दोषी पाए कार्वाही गर्छ उनले बताए ।
गाैश्वरा भाैचर नम्बर ११ / २०७९/२/३० गते बलान खोला बान्ध निर्माण गर्न कार्यको ठेक्का फाइल पेस नभएको सार्वजनिक खरिद नियमावली २०६४ को नियम ४५ मा बोलपत्र सम्बन्धि कागजातहरू समावेश गरि फाईल तैयार गर्नु पर्ने व्यवस्था छ । साथै एनकाे दफा २३ मा समेत बाेलपत्र सम्बन्धि कागजातमा समाबेश हुनुपर्ने बिबरण उल्लेख छ । पालिकाले बलान खाेला बाँध निर्माण कार्यकाे भुक्तानीमा साेकाे प्रमाण पेश नगरेकोले प्रमाण पेश हुनुपर्ने महालेखा प्रतिवेदन २०७९ मा उल्लेख छ ।
गाउँपालिका श्रोतका अनुसार मिति २०८०/९/ २ गतेमा अख्तियार दुरुपयोग आयोग इटहरीका टोली स्थलगत अनुगमनमा आउदाँ अख्तियार टोलीलाई पनि झुक्याएर सोही ठाउँमा अर्को योजनाबाट भएको कार्य देखाई झुक्याउन सफल भएको ती कर्मचारीले बताउनुभयो ।
आ.व.०७७-०७८ र ०७८-०७९ गरि दुई आर्थिक वर्षमा बलान बिहुल -२ स्थित दिघीयमा ३ करोड ७७ लाख १८ हजार खर्चिएकाे देखिएका छन् ।
बलान बिहुल गाउँपालिका वडा नम्बर – २ स्थित आर्थिक वर्ष ०७७-०७८ मा रू. ६५ लाख र २० लाख गरि जम्मा ८५ लाख भुक्तानी भएको छ । भने बलान नदीमा बान्ध निर्माण भनी आर्थिक वर्ष ०७८-०७९ पुरानाे भुक्तानी रकम मा १ करोड ९० लाख र ३१ लाख थप गरि जम्मा रकम रू. २ करोड २१ लाख भुक्तानी गरेको छ ।
भने आर्थिक वर्ष ०७८ -०७९ मा जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सप्तरीबाट ललित नारायण यादव उपभोक्ता समिति अध्यक्षको नाममा २० लाख १८ भुक्तानी भएको छ । यी कामहरू देखाई मधेश प्रदेश सरकारको शर्शत अनुदान अन्तर्गत आएको रू. ५० लाख रकमबाट कामै नगरी गाउँपालिकाले मिति २०७९ / २/ ३० गते भुक्तानी भएको छ ।
बलानको बान्ध विषयमा अख्तियारले छानबिन गर्न थालेपछि अर्को निर्माण कम्पनीले गरेको काम देखाए झुक्याएर स्थलगत अनुगमन प्रतिवेदन उठाएको गाउँपालिका प्राविधिकले नाम नछापने शर्तमा बताए ।
प्रतिक्रिया