• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • नेतामाथि कुटपिटको विरोधमा राजविराजमा फेरि जसपाको प्रदर्शन

    नेतामाथि कुटपिटको विरोधमा राजविराजमा फेरि जसपाको प्रदर्शन

    जिल्ला प्रहरी कार्यालय सप्तरीमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई प्रहरी निरीक्षकले कुटपिट गरेको आरोपमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले बुधबार पनि राजविराजमा प्रदर्शन गरेका छन् ।

    उनीहरु मसाल जुलुससहित बजार परिक्रमापश्चात् जिल्ला प्रहरी कार्यालयको मूलगेटमा पुगेका थिए । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर झडपसमेत भएको छ । जिल्ला अध्यक्ष यादवलाई जिल्ला प्रहरी कार्यालयभित्र प्रहरी निरीक्षक नवीन थापामगरले कुटपिट गरेको भन्दै जसपा कार्यकर्ता मंगलबारदेखि प्रदर्शनमा छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ चैत्र २२, बुधबार १३:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP