• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • गुनासो सुन्न दैनिक ५० जना नगर प्रहरी खटाउँदै ललितपुर महानगर

    गुनासो सुन्न दैनिक ५० जना नगर प्रहरी खटाउँदै ललितपुर महानगर

    काठमाडौं। ललितपुर महानगरपालिकाले ‘सुन्दर ललितपुर नगरी, घर घरमा नगर प्रहरी’ अभियान सुरु गरेको छ । नगरवासीको समस्या र गुनासो सुन्न भन्दै नगर प्रहरी घर घरमा पठाउने  अभियान महानगरले थालेको हो ।

    नगरवासीका समस्या पहिचान गर्न, जनताले कर तिरे/नतिरेको बुझ्न, महानगरको सेवाको पहुँच बुझ्न मद्दत पुर्‍याउने महानगरका प्रमुख चिरीवाबु महर्जनले जानकारी बताए । यो अभियान देशमै नयाँ रहेको उनको भनाइ छ । उनले भने, ‘अहिलेसम्म मबाट जानी जानी गल्ती भएको छैन तर, कतै दायाँवाँया भएको भए सुधार गर्न सहयोग पुग्छ । महानगरलाई गुनासो सम्बोधन गर्न अभियान सुरु गरेका हौं।’

    घर घरमा नगरप्रहरी अभियानले वडाअध्यक्षहरुलाई पनि सहयोग पुग्ने उनले बताए । यो कार्यक्रमले नगरवासी र नगरपालिकाबीच सेतुको काम गर्ने प्रष्ट पारे ।

    हरेक साता नगरप्रमुखलाई जानकारी

    घर-घरमा पुगेर संकलन गरिएका गुनासा र समस्याबारे नगर प्रहरीले हरेक साता नगर प्रमुख महर्जनलाई जानकारी गराउनेछ ।

    उक्त अभियानमा दैनिक ५० जना नगर प्रहरी खटिनेछन् । तीमध्ये समूह-समूह बनाएर घर-घरमा नगर प्रहरी पठाइने छ । एउटा समूहमा ५ जना नगर प्रहरी रहनेछन् । यसो गर्दा दैनिक ३ हजारभन्दा बढी घरमा नगर प्रहरी पुग्ने नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए  ।

    नगरप्रहरीले नगरपालिकाका सेवाहरु नगरवासीले लिए/ नलिएको बुझ्ने छ भने नि:शुल्क दमकल, ढल निकास, शव वाहन, फुटपाथलगायत सेवाबारे जानकारी गराउने उनले बताए । उनले भने, ‘अभियान १ महिनासम्म रहन्छ,  यो अवधिमा सबैको घरघरमा र पसलपसलमा नगरप्रहरी पुग्छ,’ हाछेथुले भने ।

    अभियानको उद्घाटन कार्यक्रममा बोल्दै ललितपुरका प्रहरी प्रमुख शेखर खनालले नगरप्रहरीसँग हातेमालो गरेर काम गर्दा सहज भएको बताए ।

    उनले नगर प्रहरीसँगसँगै नेपाल प्रहरी पनि खटिदाँ शान्ति सुरक्षा कायम गर्न सजिलो हुने बताए । विपद् व्यवस्थापन र वातावरण संरक्षण लगायतका विषयमा उपलब्धिमूलक काम गर्न सकिने बताए । यस अघि महानगरपालिकाले वातावरण प्रहरी गठन गरिसकेको छ ।

    उक्त टोलीले वातावरण जोगाउन काम गर्नेछ भने कालो धुवा फ्याक्ने थोत्रा सवारीसाधनलाई कारबाहि गर्ने महानगरले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०८१ जेष्ठ २४, बिहीबार ११:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP