• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • नवरात्रीको सातौँ दिन शक्ति पीठमा श्रद्धालुको भीड

    नवरात्रीको सातौँ दिन शक्ति पीठमा श्रद्धालुको भीड

    केशब गुरुङ-

    काठमाडौँ, असोज १६ गते । आज दसैँको सातौँ दिन अर्थात् फूलपाती भित्र्याउने दिनमा देशैभर फूलपाती भित्राइएको छ। नवरात्रीको सातौँ दिन अर्थात् सप्तमीलाई ‘फूलपाती’ भनिन्छ ।आजको दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गर्ने गरिन्छ ।

    विभिन्न शक्ति पीठको दर्शनसँगै आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरा पात अनि विभिन्न प्रकारका फूलपाती मिश्रित ‘फूलपाती’ भित्र्याइन्छ । यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।उपत्यकाका विभिन्न शक्ति पीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरुको घुँईचो लागेको छ।

    सातौँ दिनमा दुर्गाको सातौँ स्वरूप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन १६, आईतवार ०४:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP