आकासबाट वत्तिदै आएको त्यो चिल एकसरो फनफनी घुमेपछि चोभारस्थित वाग्मती नदीको सतहमाथि छलाङ मार्न आइपुग्यो । सायद उसले त्यो उचाइबाट आफ्नो आहार पहिल्याइसकेको थियो र कत्ति पनि ढिला नगरी त्यसलाई आफ्नो पञ्जामा पार्न चाहन्थ्यो । प्रकृतिले नि:शुल्क उपलब्ध गराएको यो दृश्य हेरेर म निकै रोमाञ्चित भएको थिएँ ।
तर, अब यस्ता दृश्यहरु दुर्लभ बन्दै गएको छ । अस्तव्यस्त सहर र मानव गतिविधिको कारण पशुपंक्षीको आश्रयस्थल साँघुरिदैछ । आफू कसरी बाँच्ने, कसरी आफ्नो जीवनलाई सुविधा बनाउने भन्ने ध्याउन्नमा हामी अनेक गतिविधि गरिरहेका छौं, विकासको नाममा । तर, हाम्रो विकासे योजनाहरुले यी पशुपंक्षीहरुलाई पो संकटमा पार्दैछ कि ?
प्रतिक्रिया