• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • युरोपमा गर्मीका कारण १५ हजार मानिसको मृत्यु

    युरोपमा गर्मीका कारण १५ हजार मानिसको मृत्यु

    जेनेभा । अत्यधिक गर्मीका कारण युरोपमा १५ हजार जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशक हान्स हेनरी क्लुगेले पछिल्लो तथ्याङ्क उद्दृत गर्दै स्पेनमा चार हजार, पोर्चुगलमा एक हजार, बेलायतमा तीन हजार दुई सय र जर्मनीमा चार हजार पाँच सय जनाको मृत्यु भएको जनाएका हुन्।

    गर्मीले मृत्यु हुनेको संख्या बढ्नसक्ने हेनरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। गत साउनमा युरोपभरि चलेको अतिउष्ण वायुले धेरैजना हताहत भएको फ्रान्सका राष्ट्रिय तथ्याङ्क तथा आर्थिक अध्ययन संस्थानले जनाएको छ।

    विश्व मौसम विज्ञान सङ्गठनले पनि विश्वको तापक्रम बढिरहको तथा मौसम र जलवायुजन्य घटनामा सयौंको ज्यान गएको बताएको छ। बितेका ५० वर्षमा युरोपमा एक लाख ४८ हजार चरम तापक्रमका कारण मृत्युवरण गर्न बाध्य भएका सङ्गठनले जनाएको छ। विश्वव्यापी औसत तापक्रममा १.१ डिग्री सेल्सियस वृद्धि भइरहेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ कार्तिक २२, मंगलवार ११:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP