इलाहाबाद उच्च अदालतले एक मुद्दामा मुस्लिम पुरुषले आफ्नी पहिलो श्रीमती र छोराछोरीलाई राम्ररी हेरचाह गर्न नसके दोस्रो पटक विवाह गर्न नसक्ने फैसला सुनाएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार न्यायाधीश सूर्यप्रकाश केसरवानी र न्यायाधीश राजेन्द्र कुमारको इजलासले पारिवारिक अदालत ऐन अन्तर्गत दायर गरेको अपीलमा यस्तो आदेश दिएको हो ।
उच्च अदालतले यदि कुनै मुस्लिमले आफ्नी श्रीमती र छोराछोरीको राम्रोसँग हेरचाह गर्न नसके कुरान अनुसार उसले अर्को महिलासँग विवाह गर्न नसक्ने बताएको छ । तर, अदालतले मुस्लिम पुरुषलाई पहिलो श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्ने कानुनी अधिकार रहेको स्पष्ट पारेको छ ।
बेन्चले कुरानको सुरा ४ पद ३ को धार्मिक आदेश मुस्लिम पुरुषहरूका लागि लागू हुने बताएको छ । यसमा भनिएको छ कि एक मुस्लिम पुरुषले आफूलाई मनपर्ने चार महिलासँग विवाह गर्न सक्छ, तर यदि ती पुरुषलाई ती महिलाहरुमाथि न्याय गर्न सक्दैन भन्ने लाग्छ भने उसले एउटा मात्र विवाह गर्न सक्छ ।
प्रतिक्रिया