• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • विदेशी पर्यटकका लागि भुटान खुला

    विदेशी पर्यटकका लागि भुटान खुला

    झन्डै दुुई वर्ष लामो प्रतिबन्धपछि भुटान विदेश पर्यटकहरूका लागि पुनः खुला भएको छ । कोभिड–१९ महामारीपछि बन्द रहेको सिमाना हिमालयन राज्यले पुनः खोलेको हो ।  स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्न  पर्यटनमा आबद्ध अधिकारीहरू सहित २३ विदेशी पर्यटक शुक्रबार भुटान पुगेका छन् ।

    प्राकृतिक सौन्दर्य र पुरातन बौद्ध संस्कृतिका लागि परिचित चीन र भारतको बीचमा जोडिएको भुटानले पहिलो संक्रमित भेटिएपछि सन्  २०२० मा सिमाना बन्द गरेको थियो । करिब ८ लाख जनसंख्या भएको भुुटानमा ६१ हजारलाई संक्रमण भएको छ भने २१ जनाको मृत्यु भएको छ । तर, कोभिडका कारण यहाँको अर्थतन्त्र भने धरासायी भएको छ ।

    ‘हाम्रो लागि पर्यटन भनेको आम्दानी मात्र होइन’ भुटानको पर्यटन परिषद् (टीसीबी)का महानिर्देशक दोर्जी ध्राधुलले राजधानी थिम्पु नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आगन्तुकलाई स्वागत गरेपछि भने । पर्यटकहरुलाई मह, बेसार सिम कार्ड दिएर स्वागत गरिएको थियो ।

    काठमाडौंबाट पहिलो उडानमा पुगेका प्रत्येक आगन्तुकलाई उपहारस्वरूप अर्गानिक मह, चिया, बेसार र स्थानीय सिमकार्डको सानो प्याक उपहारस्वरूप दिइएको भारतीय समाचार संस्था एनडीटीले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन ८, शनिबार ०६:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP