• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • सिरियामा अमेरिकी हवाई हमला

    सिरियामा अमेरिकी हवाई हमला

    अमेरिकाले पूर्वी सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड कोर्प्स (आईआरजीसी) सँग आबद्ध समूहविरुद्ध एकै दिनमा दुई राउण्ड हवाई हमला गरेको जनाएको छ ।

    गत साता अमेरिकी सेनामाथिको हमलाको विराेधमा अमेरिकी जेटले डेर अल जोउर प्रान्तमा बम वर्षाएको थियो । साँझमा अमेरिकी दुई आधारमा रकेट प्रहार हुँदा तीन कर्मचारी घाइते भएका अमेरिकी सेनाले जनाएको छ । हेलिकप्टरहरूले केही रकेटहरू प्रक्षेपण गर्न प्रयोग गरिएका सवारी साधनहरुमा आक्रमण गरेका र दुई वा तीन संदिग्ध लडाकुहरू मारिए जनाइएको छ  ।

    अमेरिकाले इरान र इरान समर्थित आक्रमणविरुद्ध आफ्नो रक्षा गर्न नहिचकिचाउने रक्षा उपसचिव कोलिन काहलले बताए ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र ११, शनिबार ०९:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP