• २०८१ चैत्र १३ | Wed, 26 Mar 2025
  • सामाजिक सञ्जालमा हावी ‘एनिमल’ की तृप्ति डिमरी, बनिन् ‘नेशनल क्रस’

    सामाजिक सञ्जालमा हावी ‘एनिमल’ की तृप्ति डिमरी, बनिन् ‘नेशनल क्रस’

    चलचित्र ‘एनिमल’ मा जोयाको भूमिका निर्वाह गरेकी अभिनेत्री तृप्ति डिमरी यतिबेला चर्चामा छिन् । एनिमलमा काम गरेपछि तृप्तिको फ्यान फलोइङ निकै बढेको छ ।

    फिल्म रिलिज हुनुअघि इन्स्टाग्राममा उनका ७ लाख ११ हजार फलोअर्स थिए । जहाँ फिल्म रिलिज भएको सात दिनमै उनका फलोअर्सको सङ्ख्या २९ लाख पुगेको छ । यसबाहेक सामाजिक सञ्जालमा तृप्तिलाई ‘नेशनल क्रस’को नाम दिइएको छ ।

    रणवीर र तृप्तिबिचको एउटा दृश्यको निकै चर्चा भइरहेको छ जसमा रणवीरले अभिनेत्रीलाई ‘मेरो जुत्ता चाट’ भनेका छन् । यो दृश्यको चर्को आलोचना पनि भइरहेको छ ।

    Actress-Tripti-Dimri-Animal

    फिल्म एनिमलमा तृप्तिले सानो भूमिका निभाएकी छिन् । यसका बाबजुद पनि उनले यसबाट निकै चर्चा कमाएकी छन् । एनिमलमा अभिनेत्री र रणवीरबिच केही अन्तरङ्ग दृश्य देखाइएको छ ।

    तृप्तिले कमेडी फिल्म ‘पोस्टर ब्वाईज’ (२०१७) बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् र रोमान्टिक ड्रामा ‘लैला मजनु’ (२०१८) मा उनको पहिलो मुख्य भूमिका थियो। तृप्तिले अन्विता दत्तको बुलबुल (२०२०) र काला (२०२२) मा उनको अभिनयको लागि प्रशंसा पाएकी थिइन्।

    अहिले उनले एक्सन फिल्म एनिमलमा सहायक भूमिका खेलेर दर्शकको ध्यान खिचेकी छन् । यस फिल्ममा रणवीरका अलावा रश्मिका मन्दना, बबी देओल र अनिल कपूर पनि मुख्य भूमिकामा छन् । उनले विक्की कौशलसँग आगामी प्रोजेक्टहरूमा काम गरिरहेकी छिन्।

    #AMINALMOVIES#RANBIRKAPOOR

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०८० मंसिर २३, शनिबार ०५:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP