• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’को वर्चश्व, क–कसले जिते ? [सूचीसहित]

    ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’को वर्चश्व, क–कसले जिते ? [सूचीसहित]

    ९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषणा गरिएको छ । यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।

    उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’बाट के ह्ये क्वान र जेमी ली कर्टिसले उचालेका हुन् । यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड डानिएल क्वान र डानिएल साइनर्टले पाएका छन् । उक्त फिल्मबाटै उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड के ह्ये क्वान र जेमी ली कर्टिसले उचालेका छन् । फिल्मले ओरिजिनल स्रिकनप्लेको ओस्कर पनि पाएको छ ।

    एडवर्ड बर्गर निर्देशित ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ । यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको छ । प्रोडक्सन डिजाइनको अवार्ड पनि यही फिल्मले पाएको छ ।

    एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ ले ९५ औं संस्करणको ओस्कर अवार्डमा ओरिजिनल सङको उपाधि पाएको छ ।

    यस्तै, एनिमेटेड फिचर फिल्मका लागि ‘ग्विलेर्मो डेल ट्रोज पिनोसियो’ ले ओस्कर अवार्ड पाएको छ । डकुमेन्ट्री फिचरको अवार्ड ‘नाभल्नी’ र डकुमेन्ट्री सर्टको अवार्ड ‘द एलिफेन्ट विस्परर्स’ले पाएको छ ।हेयर एन्ड मेकअप स्टाइलिङको अवार्ड ‘द ह्वेल’ ले पाएको छ । सर्ट फिल्म (एनिमेटेड)को अवार्ड ‘द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स’ र सर्ट फिल्म (लाइभ एक्सन)को अवार्ड एन आइरिस गुडबाई’ले पाएको छ ।

    यस्तो छ ओस्कर विजेताको सूची :

    अन्तर्राष्ट्रिय फिचर फिल्म : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

    उत्कृष्ट फिल्म एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

    उत्कृष्ट निर्देशक डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)

    उत्कृष्ट अभिनेता : ब्रेन्डन फ्रेसर(द ह्वेल)

    उत्कृष्ट अभिनेत्री मिसेल योह

    उत्कृष्ट सहअभिनेता : के ह्ये क्वान

    उत्कृष्ट सहअभिनेत्री : जेमी ली कर्टिस

    एनिमेटेड फिचर फिल्म : ग्विलेर्मो डेल ट्रोज पिनोसियो

    उत्कृष्ट सिनेम्याटोग्राफी : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

    कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर : वाकन्डा फरेभर

    डकुमेन्ट्री फिचर : नाभल्नी

    डकुमेन्ट्री सर्ट : द एलिफेन्ट विस्परर्स

    हेयर एन्ड मेकअप स्टाइलिङ : द ह्वेल

    सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स

    सर्ट फिल्म (लाइभ एक्सन) : एन आइरिस गुडबाइ

    ओरिजिनल सङ : नाटु नाटु (आर.आर.आर)

    साउन्ड : टप गन : मेभरिक

    प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

    भिजुअल इफेक्ट्स : अवतार : द वे अफ वाटर

    फिल्म सम्पादन : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

    ओरिजिनल स्क्रिनप्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

    एडप्टेड स्क्रिनप्ले : वुमन टकिङ

    ओरिजिनल स्कोर : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ फाल्गुन २९, सोमबार ०४:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP