एक युवकले प्रेमिकालाई होटलमा लगेर जि’उँदै आ’गो लगाएका छन् । बाराको सिमरा घर भएका केशव रिजालले नक्सालस्थित होटेल क्राउन प्लाजामा लगेर प्रेमिकाको शरीरमा पे’ट्रोल छर्किएर आगो लगाएका हुन् । काठमाण्डु चावहिलकी युवती केशवसँग सोमबार होटलमा बस्न गएकी थिइन् ।
काठमाण्डुका प्रमुख एसएसपी भरत बोहोराका अनुसार युवतीको शरीरमा आगो लागेपछि रिजालले उनलाई उपचारका लागि वीर अस्पताल लगेका थिए । तर, वीरका चिकित्सकले त्यहाँ उपचार सम्भव नभएको बताएपछि कीर्तिपुर अस्पताल रेफर गरेका थिए ।
उपचारका क्रममा युवतीको कीर्तिपुर अस्पतालमा मृत्यु भएपछि घटना बाहिर आएको हो । प्रहरीले घटनाबारे अनुसन्धान गर्न रिजाल र उनका सहयोगी होटलका एक कर्मचारीलाई पक्राउ गरेको छ । युवतीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
बर्दिबास : प्रहरीले होटलमा यौ’नजन्य क्रियाकलाप गरेको आरोपमा पाँच नेपाली युवती र १२ भारतीय युवकलाई पक्राउ गरेको छ । महोत्तरी सदमुकाम जलेश्वरबाट प्रहरीले होटल साहुनीसहित १२ युवक र पाँच युवतीलाई पक्राउ गरेको हो ।
सोमबार राति होटल स्माइल एण्ड रेष्टुरेनटबाट उनीहरु पक्राउ परेका हुन् । जलेश्वर-जनकपुर सडकमा पर्ने सिनेमा हल नजिकै रहेको उक्त रेष्टुरेन्टमा यौ’नजन्य क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी बालकृष्ण पोखरेलका अनुसार पक्राउ परेका युवा भारतको सीतामढी र मधुवनीका हुन् । ‘युवतीहरु पोखरा, झापा र धनकुटाका छन्’, डीएसपी पोखरेलले भने, ‘उनीहरुमाथि अनुसन्धान सुरु भएको छ ।’
प्रहरीले पक्राउ परेका जोडीको मेडिकल जाँच गरी अनुसन्धान अगाडि बढाएको छ । सोमबार अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर भारतीय युवा नेपाल छिरेका थिए ।
यो पनि- केपी ओलीसँग सम्बाद गर्न लाख बढीले टिपाए नाम
झापा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पर्सी ४ गते शुक्रबार ‘कल केपी बा’मार्फत् आम जनतासँग कुराकानी गर्ने भएका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजबाट उक्त कुराको जानकारी गराएसँगै हालसम्म देशभरिबाट १ लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाएका छन्।
सो जानकारी पनि उनले आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘यो उत्साहपूर्ण सहभागिताले खुसी छु। धेरै नाम आएकाले नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौं। नाम र नम्बर त टिपाउनुभयो नि?’
चुनाव नजिकिएसँगै पछिल्लो समयमा उनी सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन्। ओलीले आधिकारिक फेसबुक पेजमार्फत् प्रधानमन्त्री देउवालाई लाइभ डीबेटमा आउन ‘च्यालेन्ज’ पनि गरेका छन्। उनले लेखेका छन्, ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले ‘लाइभ डीबेट’ मा आउन आग्रह गर्नुभएको छ। धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेन्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ। म त यसका लागि तयार छु, देउवाजी नि?’
त्यतिमा होइन यस्ता डीबेट सञ्चालन गर्न उनले सञ्चारमाध्यमहरुलाई आग्रहसमेत गरेका छन्। ‘विकसित देशहरूमा निर्वाचनको समयमा यस्ता लाइभ डिबेटहरु सार्वजनिक सञ्चार माध्यमबाट आयोजना गर्ने गरिन्छ। यहाँका सञ्चार माध्यम र सम्पादकज्यूहरुले यस विषयमा के सोच्नु भएको छ। समग्र सञ्चार जगतको ध्यानाकर्षण गर्न चाहन्छु,’ फेसबुकमा उनले लेखेका छन्।
ओली सामाजिक सञ्जालमा मात्र सक्रिय छैनन्। अहिले गृह जिल्ला झापाको चुनावी कार्यक्रममा त्यतिकै व्यस्त छन्। झापा क्षेत्र नम्बर- ५ बाट उम्मेदवारी दिएका ओली बुधबार दिनभरि गृह जिल्लाको चुनावी कार्यक्रममा व्यस्त भए।
सोमबार दिउँसो गृह जिल्ला आइपुगेका अध्यक्ष ओली स्वास्थ्य समस्यामा कारण हिजो (मंगलबार) कुनै पनि कार्यक्रममा सहभागी हुन पाएनन्। स्वास्थ्यमा सुधार आएपछि ओली आज झापा क्षेत्र नम्बर १ को धुलाबारीमा अगुवा कार्यकर्ता भेला र आफ्नो निर्वाचन क्षेत्रको दमकमा निर्वाचन अभियान अभिमुखीकरण कार्यक्रममा सहभागी भएका थिए।
उनी सातौंपटक झापा ५ बाट उठेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी हुन्।
प्रतिक्रिया