बलिउड अभिनेत्री सन्नी लियोनी अक्सर चर्चामा छाउँछिन् । उनको चर्चाको कारण अभिनय र सामाजिक संजालमा उनले सार्वजनिक गरेको तस्बिर हुने गर्छ । पछिल्लो समय भने उनी तमिल फिल्मका ‘ओह माई घोस्ट’ का कारण चर्चामा छिन् । यो सन्नीको तमिलमा डेब्यु फिल्म हो । फिल्मको टिजर समेत सार्वजनिक भएको छ । टिजरमा सन्नीको अनौठो स्टाइल देख्न सकिन्छ ।
‘ओह माई घोस्ट’ हरर कमेडी फिल्म हो । जसको निर्देशक युवनले गरेका हुन् । सन्नी फिल्ममा मायासेना नामकी रानीको भूमिकामा देखिँदैछिन् । उनको हट भूतको भूमिका पनि रहेको बताइन्छ ।
टिजरमा उनी निडरताका साथ सिंहासनमा बसेको र दरबारमा टशन गरेको देख्न सकिन्छ । उनको सुन्दर अभिनय देखेपछि मात्र, उसले भूतको रूपमा डरलाग्दो बाहिर आउछ । सन्नीको यो लुक्सको फ्यानले तारिफ गरेका छन् ।
फिल्ममा सन्नीको अलवा योगी बाबु, मोट्टाई राजेन्द्रन, रमेश थिलक, सतीश, धरा गुप्ता, अर्जुन र थांगा दुराइको अभिनय छ । फस्र्ट लुक सार्वजनिक समयमा निर्देशकले फिल्ममा सन्नी नायक र खलनायक दुबै भूमिका रहेको जानकारी समेत दिएका थिए ।
प्रतिक्रिया