• २०८१ माघ १२ | Sat, 25 Jan 2025
  • विद्यालयले किताब र पोसाक बेचे दण्डित गरिन्छ [ बालेन शाह ]

    विद्यालयले किताब र पोसाक बेचे दण्डित गरिन्छ [ बालेन शाह ]

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयहरूले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन्। विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको मेयर शाहले बताए ।

    ‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक-पटक आइरहेको छ,’ मेयर शाहले भने । यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको उनले स्मरण गराएका छन् ।

    मेयर शाहले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गरे । किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले चैत १७ मै परिपत्र गरेको थियो । किताब बेच्ने विद्यालयलाई कारबाही गर्नेसमेत महानगरको चेतावनी छ।

    340620820_1866055840460645_4644717812871236630_n

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ चैत्र २६, आईतवार ०४:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP