• २०८१ चैत्र ४ | Mon, 17 Mar 2025
  • मावितर्फ अंग्रेजीको लिखित परीक्षाको नतिजा सार्वजनिक, २ जनालाई कारवाही

    मावितर्फ अंग्रेजीको लिखित परीक्षाको नतिजा सार्वजनिक, २ जनालाई कारवाही

    शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीतर्फ शिक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । १५ चैत २०७८ र ९ असार २०७९ मा लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    सार्वजनिक नतिजा अनुसार ३७३ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । ३१४ सिटका लागि लिइएको लिखित परीक्षामा एक हजार २४९ जना परीक्षार्थी सहभागी थिए । परीक्षामा अमर्यादित कार्य गर्ने २ जनालाई आयोगले कारवाही गरेको छ । एउटाको परीक्षा रद्द गरिएको छ भने अर्कालाई दुई वर्षसम्म आयोगले लिने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारवाही गरेको छ ।

    प्रदेश १ बाट १०४ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । ८० सिटका लागि लिइएको परीक्षामा ३३६ जना सहभागी थिए । परीक्षामा अमर्यादित कार्य गरेका एक जनाको परीक्षा रद्द गरेको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ४३ अनुसार पुष्प खनाललाई कारवाही गरिएको आयोगले जनाएको छ । उनले उत्तरपुस्तिकामा आफ्नो नाम र ठेगाना उल्लेख गरेका थिए । मधेश प्रदेशबाट २९ जना अन्तर्वार्ताका लागि छनोटमा परेमा छन् । २२ सिटका लागि लिइएको परीक्षामा ४८ जना सहभागी थिए ।

    बागमती प्रदेशबाट ७५ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । ६६ सिटका लागि लिइएको परीक्षमामा २३९ जना सहभागी थिए । बागमती प्रदेशबाट एक जनाको परीक्षा रद्द गरिएको छ । सामान्य परीक्षामा अनुत्तीर्ण भएकोमा पास भएको भनि अर्काको रोलनम्बरबाट परीक्षामा सहभागी भएका भविश्वर गुरूङलाई दुई वर्षसम्म आयोगबाट लिइने कुनै पनि परीक्षामा सहभागी हुन नपाउनेगरी रोक लगाइएको आयोगले जनाएको छ ।

    गण्डकी प्रदेशबाट ७३ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । ६१ सिटका लागि लिइएको परीक्षामा २७८ जना सहभागी थिए । लुम्बिनी प्रदेशबाट ४७ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । ३८ सिटका लागि लिइएको परीक्षामा १७७ परीक्षार्थी सहभागी थिए ।

    कर्णाली प्रदेशबाट १७ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । २० सिटका लागि लिइएको परीक्षामा ४२ जना सहभागी थिए । सुदूरपश्चिम प्रदेशबाट भने २८ जना अन्तर्वार्ताका लागि छनोटमा परेका छन् । २७ सिटका लागि लिइएको परीक्षामा १२९ जना सहभागी थिए । अन्तर्वार्ता आगामी असोज २६,२७ र २८ गते हुने आयोगले जनाएको छ । सबैको अन्तर्वार्ता शिक्षक सेवा आयोगको कार्यालय सानोठिमी भक्तपुरमा हुनेछ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २२, बुधबार ११:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP