• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • अभियान लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै

    अभियान लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै

    अभियान लघुवित्तको आइपीओ साउन ३० गते बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँट हुनेछ । यसमा मागभन्दा २५.२९ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ९१ हजार ३७५ जनाले मात्र सेयर हात पार्नेछन् ।

    बाँकी १९ लाख ५१ हजार ६४५ जनाको भने हात खाली हुनेछ । यसमा कुल २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

    यो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ श्रावण ३०, सोमबार ०४:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP